शुक्रबार, भदौ ५, २०८३

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने गरि बैठक आज बिहान ११ बजेका लागि आह्वान गरेका छन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने गरि बैठक आज बिहान ११ बजेका लागि आह्वान गरेका छन्।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा ‘तेस्रो धार’मा रहेका नेताहरू पनि सहभागी हुने छन्। नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन्। 

उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा माग राख्दै आएका छन्। आजको एमाले स्थायी कमिटी बैठकमा उनीहरू पनि सहभागी हुने बताइएको छ।

सोमबार अध्यक्ष ओली निवास बालकोटमा तेस्रो धारका नेताहरूसँग छलफल गरेर आजको बैठक बोलाइएको हो।


प्रकाशित: Aug 24, 2021| 06:44 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...