काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वार्ता र सहमतिको छलकपटपूर्ण समाचारबाट भ्रममा नपर्न अपिल गरेका छन्। उनले सोमबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नयॅा कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटकपटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचार सार्वजनिक भएका छन्।’
उनले यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा अपिल गरेका छन्।
उनले दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिस्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिस्ट पार्टी दर्ता प्रक्रिया अगाडि बढिरहेको जनाएका छन्।