शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चन्द्रागिरीमा नेता नेपालले भने- जे हुन्छ नयाँ दल दर्तापछि हुन्छ, साथीहरु जालझेलमा परे

चन्द्रागिरीमा नेता नेपालले भने- जे हुन्छ नयाँ दल दर्तापछि हुन्छ, साथीहरु जालझेलमा परे

आफुपक्षीय केन्द्रीय सदस्य र सांसदहरूसहित सोमबार साँझ चन्द्रागिरि रिसोर्ट पुगेका नेपालले त्यहाँ सम्बोधन गर्दै ‘राजनीतिमा लागेपछि कठिन परीक्षाहरु पार गर्नुपर्ने’ समेत बताए।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं- प्रस्तावित दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूपक्षीय कार्यदलका सदस्यसहित केही नेताहरु केपी ओलीको जालझेल र षडयन्त्रमा फसेको प्रतिक्रिया दिएका छन्। 

नेपाल पक्षीय नौ नेताहरुले आज ओली निवास बालकोटमा भएको छलफलमा ‘आफूहरु एमालेमा नै रहेको र आगामी दिनमा पनि एमालेमा नै रहेने’ बताएपछि नेता नेपालले आफू सन्निकटहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन्।

 आफुपक्षीय केन्द्रीय सदस्य र सांसदहरूसहित सोमबार साँझ चन्द्रागिरि रिसोर्ट पुगेका नेपालले त्यहाँ सम्बोधन गर्दै ‘राजनीतिमा लागेपछि कठिन परीक्षाहरु पार गर्नुपर्ने’ समेत बताए। ‘हाम्रै साथीहरुले समेत कतिपय अवस्थालाई बुझ्न सकेनन्, निर्णायक मोडमा आइपुग्दा समेत रोक्न खोजियो’, केन्द्रिय सदस्य तथा सांसदहरुसँग उनले भने, ‘ओलीको जालझेलमा परेर फाइदा छैन।’

नेता नेपालले ओली पार्टी एकताबारे छलफलका लागि तयार भए र आफूहरुले भनेको माने नयाँ दल दर्तापछि वार्ताका लागि आफू तयार रहेको समेत बताएका छन्। ‘उनले भनेको मान्ने हो भने जे हुन्छ नयाँ दल दर्तापछि हुन्छ तर सधैं जालझेलले काम गर्दैन’, नेता नेपालको भनाइ उधृत गर्दै एक केन्द्रिय सदस्यले बताए, ‘नभएर हामी नयाँ तरिकाबाट अगाडि बढ्नुपर्छ।’ 

नेपालसहित केन्द्रीय सदस्य र सांसदहरु सोमबार साँझ पार्टीको राजनीतिक दस्तावेज र अन्तरिम विधानबारे छलफल गर्न चन्द्रागिरि पुगेका हुन्। निर्वाचन आयोगले दल दर्ताका लागि नेताहरूलाई बुधबार समय दिएको छ।

प्रकाशित: Aug 23, 2021| 20:56 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...