शुक्रबार, भदौ ५, २०८३

देउवा र ओलीपछि प्रचण्डसँग भाजपा नेता चौथाइवालेको भेटवार्ता

भेटमा नेपाल-भारत सम्बन्ध र पार्टी पार्टीकाबीचको सम्बन्धबारे कुराकानी भएको गंगाले फेसबुकमा लेखेकी छन्।
 |  सोमबार, भदौ ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ७, २०७८

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। 

प्रचण्ड निवास खुमलटारमा सोमबार भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिइन्। 

भेटमा नेपाल-भारत सम्बन्ध र पार्टी पार्टीकाबीचको सम्बन्धबारे कुराकानी भएको गंगाले फेसबुकमा लेखेकी छन्। 

भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन्। 

प्रकाशित: Aug 23, 2021| 20:39 सोमबार, भदौ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...