शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डको ‘रोडम्याप’लाई सहज पार्दै एकता प्रक्रिया सुरु गर्ने माओवादी केन्द्रको निर्णय

प्रचण्डको ‘रोडम्याप’लाई सहज पार्दै एकता प्रक्रिया सुरु गर्ने माओवादी केन्द्रको निर्णय

त्यसैगरी, माओवादी केन्द्रले दलको संगठनलाई चुस्त र बलियो बनाउन वडा, पालिका र प्रदेश अधिवेशन पनि गर्ने निणर्य पनि गरेको छ। र, कतिपय विभाग प्रमुखहरु तोकेर जिम्मेवारी दिएको छ।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले विचार मिल्ने कम्युनिस्ट घटकहरुसँग एकता प्रक्रिया सुरु गर्ने भएको छ। आइतबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले कम्युनिस्ट गठबन्धन बनाउनेदेखि रिक्त विभागहरुमा नियुक्ति गर्नेसम्मका निणर्यहरु गरेको हो। 

‘सम्भावना भएका र विचार मिल्नेहरु एकता प्रक्रिया सुरु गर्ने पार्टीको निणर्य भएको छ’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल समयसँगको संक्षिप्त कुराकानीमा भने, ‘ध्रुवीकरणको सम्भावना भएका सबैसँग वार्ता गर्ने कुरा छ। यसलाई पार्टी अझै बलियो बनाउने राजनीतिक अभ्यासका रुपमा बुझ्दा हुन्छ।’ 

अदालतको फैसलापछि नेकपा भंग भएर फेरि पुरानै अवस्थामा पुगेको माओवादीभित्र पार्टीको शक्ति, संगठन र सामथ्र्यका विषयमा नेताहरुबीच छलफल हुँदै आएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलभित्र ‘आफूले आगामी चुनाबसम्म एउटा बलियो दल कसरी बनाउन सकिन्छ भनेर आफूले राजनीतिक रोडम्याप बनाइहेको’ बताउँदै आएका थिए। उनका पछिल्ला दस्तावेज र ब्रिफिङहरुमा यस्तो रणनीति र कार्ययोजना प्रतिविम्बित भइरहेको थियो।

यता, एमालेभित्रका एक प्रभावशाली नेता माधव नेपालले नयाँ दल दर्ता प्रक्रिया अघि बढाइरहेका बेला माओवादी केन्द्रले औपचारिक रुपमा गरेको पार्टी एकता प्रक्रियाको यस्तो निणर्यलाई अर्थपूणर् रुपमा हेरिएको छ। ‘अध्यक्ष प्रचण्डले माधव नेपाल र जसपाभित्रको क्रान्तिकारी समूहलाई मिलाएर एउटा बलियो कम्युनिस्ट दल निर्माण गर्ने मार्गचित्र अनुरुप काम गरिरहनुभएको छ’, माओवादी केन्द्रका एक नेताले भने, ‘आजको निणर्यलाई यही अभ्यास र सोचको वरिपरि राखेर हेर्दा हुन्छ।’ 

त्यसैगरी, माओवादी केन्द्रले दलको संगठनलाई चुस्त र बलियो बनाउन वडा, पालिका र प्रदेश अधिवेशन पनि गर्ने निणर्य पनि गरेको छ। र, कतिपय विभाग प्रमुखहरु तोकेर जिम्मेवारी दिएको छ।

प्रकाशित: Aug 22, 2021| 19:32 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...