शुक्रबार, भदौ ५, २०८३

माधव नेपालको पार्टीले सरकारमा माओवादीले जति नै भाग पाउने

नेकपा एमालेबाट विभाजित माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा माओवादी बराबरकै हैसियतामा सहभागी हुने भएको छ।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

काठमाडौं– नेकपा एमालेबाट विभाजित माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा माओवादी बराबरकै हैसियतामा सहभागी हुने भएको छ।

नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत (समाजवादी) ६ जना मन्त्रीसहित सरकारमा सहभागी हुने भएको हो। यद्यपि मन्त्रिपरिषद् विस्तार भने निर्वाचन आयोगले पार्टी दर्ता गरेपछि मात्रै हुने भएको छ। सत्ता गठबन्धनबीच नेपाल नेतृत्वको पार्टीलाई ५ मन्त्री र एक राज्यमन्त्री दिने तथा पार्टी दर्ताले आधिकारिकता पाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ। 

नेकपा समाजवादीबाट बेदुराम भुसाल, प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री र किसान श्रेष्ठ मन्त्री बन्ने सम्भावना बलियो रहेको स्रोतले दाबी गरेको छ।

यस्तै जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकजना तथा मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजनाले मौका पाउने सम्भावना रहेको नेपाल निकट स्रोतले जनाएको छ। नेपाल समूहमै राष्ट्रियसभामा कलम चिह्नबाट विजयी भएका डा. खिमलाल देवकोटाको नाम पनि मन्त्रीका लागि चर्चामा छ।

माधव नेपाललाई पार्टी विभाजनमा साथ दिएका लगभग सबै सांसदलाई सरकार पूरा अवधि चल्दा पालो गरेर मन्त्री बनाउने अनौपचारिक समझदारी बनेको छ । अहिले मन्त्री बन्न नपाएकाहरुलाई ६ महिना वा वर्षदिनपछि अवसर दिने नेपालको तयारी छ ।

प्रकाशित: Aug 22, 2021| 18:14 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...