शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनताको दुःखमा मलमपट्टी लगाउन पनि मै सभापति बन्नुपर्छ : प्रकाशमान सिंह

जनताको दुःखमा मलमपट्टी लगाउन पनि मै सभापति बन्नुपर्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन्। शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको एकदिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफू सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताएका हुन्।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

काठमाडौँनेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन्। शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको एकदिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफू सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताएका हुन्। उनले आमजनताको दुःखमा मलमपट्टी लगाउन भए पनि आफू कांग्रेस सभापति बन्नुपर्ने बताए।

‘आमजनताको दुखमा मलमपट्टी लगाउन पनि मै सभापति बन्नुपर्छ’, नेता सिंहले भने,  ‘सबैलाई मिलाउन सक्ने क्षमता मसँग छ। पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ। म किन पार्टी सभापति नबन्ने? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दिन।’

साथै नेता सिंहले १३ औं महाधिवेशनपछि अहिले नेपाली काँग्रेस इतिहासकै कम्जोर अवस्थामा पुगेको बताए। नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैै बञ्चरो प्रहार गरेसरह हुने टिप्पणी गरे।

यस्तै उनले कम्युनिस्टहरुले काँग्रेसलाई सहयोगी पार्टीका रुपमा प्रयोग गर्न खोजेको बताए। नेता सिंहले जनता र देशलाई संकट पर्दा काँग्रेसले नै साथ दिने भन्दै काँग्रेस जनताको पार्टी जनताको पार्टी भएको दाबी गरे।

साथै केही व्यक्तिहरुले आफ्नो स्वार्थका लागि क्रियाशील सदस्यता वितरणमा अनिमितता गर्दा वर्षौंदेखि पार्टीमा संघर्ष गरेका नेता कार्यकर्ता निराश भएको उनको भनाइ छ।

प्रकाशित: Aug 21, 2021| 19:44 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...