शुक्रबार, भदौ ५, २०८३

चन्द्रागिरि पुगेपछि ओलीलाई फुर्छ कविता

चन्द्रागिरि र ओलीको एउटा रोचक संयोग पनि छ। उनी चन्द्रागिरि पुगेपछि कविता लेख्छन्।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चन्द्रागिरि हिल्स पुगे। ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सव कार्यक्रमका लागि चन्द्रागिरि पुगेका ओलीले देश र नागरिकको सेवाबाहेक आफ्नो अरू कुनै जागिर नभएको बताएका थिए। 

 ‘देशको, नागरिकको सेवाबाहेक छुट्टै जागिर छैन,' ओलीले भनेका थिए, 'जहाँनिर सदुपयोग गर्न सकिन्छ म त्यसका लागि तयार छु। तपाईँहरू काम लगाउनुहोस्।’

चन्द्रागिरि पुगेका ओलीले शिक्षा सुधारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। चन्द्रागिरि नगरपालिका-१९ मा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि उनले उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन्। 

चन्द्रागिरि र ओलीको एउटा रोचक संयोग पनि छ। उनी चन्द्रागिरि पुगेपछि कविता लेख्छन्। शुक्रबार पनि कार्यक्रममा बस्दाबस्दै ओलीले कविता लेखेर वाचन गरेका थिए। यसअघि २०७५ साल असार ३१ गते पनि ओलीले चन्द्रागिरि पुगेर कविता लेखेका थिए। यस्ता छन् ओलीले चन्द्रागिरिमा सिर्जना गरेका दुई कविता:

१. २०७८ भदौ ४ गते ओलीले लेखेको कविता

इच्छुमतिको किनार,

घुमेर मिराडिल

घुम्दै आइपुगियो

यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा

गौरव र पौरख

यहीँका

डाडाँहरुका सतिदेवी

काँधमा बोकेर

शोकमग्न शिवजी

भौतारिएका थिए

यहीँ चन्द्रगिरि हुँदै

३२ सय वर्ष पहिले

चित्लाङबाट

गोपालीहरु

उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर

इच्छुमतिको किनार, घुमेर भिराडील

घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा गौरव र पौरख

यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर

शोकमग्न शिवजी भौतारिएका थिए

यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले

चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर

सुन्दर काठमाडौँलाई नियालेका थिए

देवकोटाले मानवताको बिगुल फुकेका थिए 

यही ठाउँमा अहिले फालिएको भिरलाई

गन्तव्य बनाएका छन पौरखीहरुले ।। 

२. २०७५ असार ३१ गते ओलीले चन्द्रागिरिमा लेखेको कविता

परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको पो को छ र !  

बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदैछ

मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाऊँ 

सगरमाथा लुम्बिनी मेची महाकाली

हाम्रा लहलह खेतबाली झपक्का कान्ला र आली

सपनामा भए पनि देख्न पाऊँ 

चन्द्रगिरिको डाँडामा आएर सपनामा

भावी सन्तति मुस्कुराएको देख्न पाऊँ

तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाऊँ

म मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाऊँ

प्रकाशित: Aug 20, 2021| 21:24 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...