काठमाडौं- नयाँ पार्टी गठनमा माधवकुमार नेपाललाई साथ नदिएका एमालेका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई ४ दिने अल्टिमेटम दिएका छन्।
प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि माधवकुमार नेपाललाई साथ दिएका तर नयाँ पार्टी गठनमा साथ नदिएका नेताहरूले ओलीलाई मंगलबारसम्म १० बुँदे सहमति कार्यान्वयन गर्न अल्टिमेटम दिएका हुन्।
अहिले कुनै पनि पक्षमा नखुलेका नेताहरूले ओली सहमतिप्रति इमान्दार नभएमा एकताको बाटो बन्द हुने चेतावनी दिएका थिए। ओली १० बुँदेप्रति इमान्दार भए माधव नेपाललाई समेत पुनर्विचार गर्न दवाव पुग्ने उनाहरुको तर्क छ।
बैठकमा बोल्ने नेताहरूले माधव नेपालसहित १४ सांसदलाई गरिएको कारबाही अविलम्ब फिर्ता हुनुपर्नेसमेत उनीहरूको माग छ।
बैठकमा सहभागीहरूले एकताको सम्भावना अझै पनि नसकिएको बताएका थिए।