शुक्रबार, माघ २, २०८२

चुम्बकीय क्षेत्र गहन हुँदा सूर्यमा दाग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं - केही दिनयता सूर्यको माथिल्लो भागमा चुम्बकीय क्षेत्र गहन हुन गई दाग देखिएको ‘नेपाल एस्ट्रोनोमिकल सोसाइटी’ले जनाएको छ। सूर्यमा यस्तो हुँदा सामान्य अवस्थाभन्दा चुम्बकीय गतिविधि हजार गुणा बढी हुन गई उक्त स्थान अरु भागभन्दा अँध्यारो हुने गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। 

अँध्यारोपछि सूर्यमा दाग देखिने गरेको छ। यस्तो क्षेत्रबाट एक्स–रे तथा परावैजनी तरङ्ग अत्याधिक मात्रामा निस्कन्छ। तरङ्गमा हेर्दा यो क्षेत्र उज्यालो देखिन्छ। यस्ता क्षेत्रबाट अन्तरिक्षमा तीव्र गतिका विद्युतीय कण प्रसारण हुने गर्छन्। यसलाई ‘कोरोनल मास इजेक्सन’ भनिन्छ। 

प्रसारण हुने पदार्थ र कणको घनत्व, गतिको आधारमा यसलाई सामान्यदेखि घातक भनी वर्गीकरण गरिन्छ। प्रसारण पृथ्वीतिर भए यसको वरिपरि घुमिरहेका अन्तरिक्षयान तथा पृथ्वीको ध्रुवीय क्षेत्रमा रहेका देशको विद्युतीय प्रसारण संरचनामा असर गर्ने सोसाइटीले जनाएको छ। सूर्यको गतिविधिलाई वैज्ञानिकहरु सूक्ष्म रुपले अध्ययन गर्छन्। भूउपग्रहमा असर गर्ने भएकाले सूचना तथा सञ्चार प्रविधि, मौसम पूर्वानुमान तथा दिशानिर्देश जस्ता अन्तरिक्षसँग सम्बन्धित सेवा प्रभावित हुन्छन्। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...