शुक्रबार, भदौ ५, २०८३

माधव नेपाल र महन्थ ठाकुरको पार्टी भदौ ९ गते दर्ता हुने

निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको छुट्टाछुट्टै पार्टी दर्ताका लागि भदौ ९ गते सनाखत गर्ने भएको छ।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं– निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको छुट्टाछुट्टै पार्टी दर्ताका लागि भदौ ९ गते सनाखत गर्ने भएको छ।

नेपाल र ठाकुर पक्षले शुक्रबार पार्टीको नयाँ नाम सिफारिस गरेसँगै आयोगले भदौ ९ गते सनाखतको समय छुट्याएको हो।  एमालेबाट विभाजित भएको नेपाल समूहले पार्टीको नयाँ नाम नेकपा एकीकृत (समाजवादी) प्रस्ताव गरेको छ भने जसपाबाट विभाजित भएको ठाकुर समूहले लोकतान्त्रिक (समाजवादी) नेपाल।

दुवै पार्टीबाट दर्ताका लागि नयाँ निवेदन परेसँगै शुक्रबार बसेको आयोगको बैठकले दर्ताका लागि दुवै पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्ने निर्णय गरेको हो। त्यसका लागि भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। सनाखत सकिएसँगै सोही दिन नयाँ दल दर्ता हुने छ। दुवै दलका नेतालाई नागरिकतासहित उपस्थित हुन भनिएको छ। 

राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै नेता नेपाल र ठाकुर नयाँ दल दर्ताका लागि आयोग पुगेका थिए। बुधबार आवेदन दर्ता गरिएको नामलाई आयोगले मान्यता नदिएपछि शुक्रबार नेपाल पक्षले नेकपा एकीकृत (समाजवादी) र ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि आयोगमा निवदेन दिएका थिए।

प्रकाशित: Aug 20, 2021| 17:28 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...