शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले ४ महिनाभन्दा बढी सरकार चलाउन सक्दैन : पशुपति शमशेर राणा

कांग्रेसले ४ महिनाभन्दा बढी सरकार चलाउन सक्दैन : पशुपति शमशेर राणा

प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेकाले चार महिनाभन्दा बढी सरकार चलाउन नसक्ने दाबी राणाले गरेका हुन्।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाली कांग्रेसले ४ महिनाभन्दा बढी सरकार चलाउन नसक्ने दाबी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेकाले चार महिनाभन्दा बढी सरकार चलाउन नसक्ने दाबी राणाले गरेका हुन्। 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले केपी शर्मा ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्ने गठबन्धनले नै पार्टी फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको उल्लेख गरे। 

'जसले केपी ओली सरकारले संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भएदेखि पार्टी फोड्न पाइन्छ भन्दाखेरी त्यस्तो काम गर्नु हुँदैन अस्थिरता ल्याउँछ भनेर भनेका थिए । त्यही पार्टीले २० प्रतिशतले फुटाए हुन्छ भन्ने अध्यादेश ल्याए। एउटा पार्टी त चकनाचुर नै भो। मलाई लाग्छ तीनचार महिनाभन्दा बढी यो सरकारले शासन चलाउन सक्दैन।’

अध्यक्ष जबराले आफ्नो पार्टीले हिन्दू राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अगाडि बढ्ने दोहोर्‍याए। राप्रपामा नयाँ प्रवेशी र पुराना सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।  ‘महाधिवेशन सम्पन्न गरी महाधिवेशनबाट उत्पन्न भएको दह्रो राष्ट्रिय प्रजातन्त्र पार्टी जसमा धेरै नयाँ प्रवेशीहरु आइसकेका हुन्छन्, त्यो बखत राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो झण्डा फर्फराएर हिन्दूत्व, राजसंस्थालगायत मुलुकको प्रगतिको लागि अगाडि बढ्छ,’ राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष जबराले दाबी गरे।

प्रकाशित: Aug 20, 2021| 17:02 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...