बुधबार, साउन २०, २०८३

बन्‍ने भयो लचिलो र फोल्डएबल  विङ्स

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्‍सी - हवाईजहाज तथा अन्तरिक्ष यानका ‘विङ्स’ (पखेटा) प्रायः बलियो र नखुम्चने गरी बनाइएको हुन्छ। कल्पना गरौं त, यी ‘विङ्स’, चराका पखेटा जसरी खुम्चन र फैलन सम्भव होला ?

अब यो यथार्थमा परिणत हुने भएको छ। म्यासाचुसेट्स इन्स्टिच्युट टेक्नोलोजी (मिट) र नासाले  संयुक्त रूपमा उक्त ‘फोल्डएबल’ विङ्को निर्माण सुरु गरेका छन्। सामान्य तबरमा विमानका विङ्स ठुलो हुने गर्छ तर,  निर्माणमा रहेको उक्त विङ्स भने ४ मिटरको मात्र छ।

विमान उडान तथा अवतरणका समयमा उक्त विङ्स फैलिएर सीधा आकारमा आउनेछ भने उडानको समयमा यस प्रकारको विङ्स चराको पखेटाजस्तै खुम्चने, फैलने गर्छ। यस विशेष विङ्सको निर्माणमा स–साना सयौँ ‘माड्युल्स’ जोडेर बनाइनेछ। विङ्स फोल्ड खुम्चन र फैलन सक्छ।  माड्युल्समा मेटामेटरियल हुन्। योसाह्रै हलुंगो पोलिमर हो। यसमा न्यून घनत्वको जेल हुन्छ।

यस प्रकारका ‘विङ्स’ बिग्रिएको खण्डमा बनाउन पनि सजिलो हुने दाबी नासाले गरेको छ।   निर्माणाधीन ‘विङ्स’ अनुसार विमानको पनि डिजाइन गर्नुपर्ने जानकारी  दैनिक भास्करले दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...