शुक्रबार, भदौ ५, २०८३

ओली–नेपाल दुवैतिर नखुलेकाहरू आधिकारिक धारणा बनाउन बैठक बस्दै

नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका र केपी ओलीतिर पनि नखुलेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको बैठक आज बस्दैछ।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं– नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी गठन गर्ने माधवकुमार नेपालको निर्णयमा साथ नदिएका र केपी ओलीतिर पनि नखुलेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूको बैठक आज बस्दैछ। 

स्थायी कमिटी सदस्यहरु भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरासहित करिब दुई दर्जन केन्द्रीय सदस्यको बैठक महाराजगञ्जमा बस्न लागेको हो।

बैठकले परिवर्तित सन्दर्भमा आधिकारिक धारणा तय गर्ने बताइएको छ। उल्लेखित नेताहरु एमाले विवाद समाधान कार्यदलले बनाएको १० बुँदे कार्यान्यवन र गत फागुन २८ यता भएका सबै निर्णय खारेज गर्नुपर्ने पक्षमा छन्। अध्यक्ष ओली त्यसो गर्न तयार भए एमालेमै रहने अन्यथा विद्रोह गर्ने उनीहरुले बताउँदै आएका छन्। 

यसअघि बिहीबार साँझ विज्ञप्ति जारी गर्दै एमालेका ८ जना स्थायी कमिटी सदस्यहरुले नेपाल समूहका १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने बताएका थिए।

प्रकाशित: Aug 20, 2021| 13:26 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...