काठमाडाैं - संयुक्त राज्य अमेरिका मिचिगन राज्यको फिलिन्ट मिचिगन पुस्तकालयमा ५१ वर्षपछि एक किताब फिर्ता भएको छ। जोन फोस्टर्रको ‘लाइफ अफ चार्ल्स डिकेन्स’ नामक किताब सन् १९६८ मे १६ मा ‘चेक आउट’ भएको थियो। उक्त किताब बुधबार अर्थात मार्च २७ सन् २०१९ मा ‘चेक इन’ अर्थात फिर्ता गरिएको थियो।
किताब लाने व्यक्तिकै सन्तानले उक्त किताब फिर्ता गरेका हुन्। फिलिन्ट पब्लिक लाइब्रेरीले फोटो टविट् गर्दै उक्त पुस्तक फिर्ता गरेको सार्वजनिक गरेको थियो। लाइब्रेरीयन कार्मेल वाल्करसमक्ष एक महिला आइन् र किताब थमाइन्।
उनले उक्त किताब १८ पटक चेक गरेपछि आफ्नै पुस्ताकालयबाट लगिएको किताब भएको ठम्याए।
लाइब्रेरीयन कार्मेल वाल्करका अनुसार, किताब १८ हजार पाँच सय ७९ दिन पछि आएको हो। पुस्तकालयको नियम अनुसार प्रतिदिन १० सेन्ट गरिवाना लाग्थ्यो। 'हामीलाई गरिवाना गर्ने मनसाय नै रहेन। किताब फिर्ता भयो त्यो नै खुशीको कुरा हो।', लाइब्रेरीयन कार्मेल वाल्करले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४