शुक्रबार, भदौ ५, २०८३

नेपाल नेतृत्वको दल दर्ता भएपछि मात्र मन्त्रिपरिषद् विस्तार

दाहाले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘आयोगले नेपाल पक्षको सनाखत गरेकै दिन मन्त्रिपरिषद् विस्तार गरिनेछ।’
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं– निर्वाचन आयोगमा माधवकुमार नेपाल समूहको नेकपा एमाले (समाजवादी) दर्ता भएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने भएको छ। प्रधानमन्त्री चुनिएको एक महिनाभन्दा लामो समय बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेका बेला सत्ता गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगले नेपाल पक्षको सनाखत गरेकै दिन मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्। 

दाहाले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘आयोगले नेपाल पक्षको सनाखत गरेकै दिन मन्त्रिपरिषद् विस्तार गरिनेछ।’ 

त्यसअघि देउवाले बिहीबार मन्त्रीपरिषद् विस्तार र सरकार सञ्चालनकै विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए। ‘माधव नेपाल नेतृत्वको पार्टीको सनाखत भएकै दिन मन्त्रिपरिषद्‍लाई पूर्णता दिने समझदारी भएको छ। अहिलेको परिस्थिति धेरै दिन राख्नु हुँदैन भन्ने गठबन्धनका नेताहरुबीच सल्लाह भयो,’ दाहालले एक भने।

‘माधव नेपाल नेतृत्वको पार्टीको सनाखत भएकै दिन मन्त्रिपरिषद्‍लाई पूर्णता दिने समझदारी भएको छ। अहिलेको परिस्थिति धेरै दिन राख्नु हुँदैन भन्ने गठबन्धनका नेताहरुबीच सल्लाह भयो,’ दाहालले एक भने

निर्वाचन आयोगले नेपाल समूहले दिएको दल दर्ताको निवेदनमाथि अध्ययन गरिरहेको छ। आयोगले दलको विधान, विनियमावली, घोषणा–पत्र, चुनाव चिह्न लगायत विषय संविधान र प्रचलित कानुन अनुकूल छ वा छैन भन्नेबारे अध्ययन गरिरहेको छ। आयोग प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘निवेदनउपर अध्ययन भइरहेको छ। त्यसपछि पदाधिकारीको सनाखत गराइनेछ। अनि मात्र आयोगले दल दर्ताको निर्णय गर्नेछ। आयोगलाई यसरी अध्ययन गरी निर्णयका लागि ४५ दिनसम्मको समयावधि रहेको श्रेष्ठले जानकारी दिए । तर, त्योभन्दा अगावै गर्नलाई बाधा पर्ने छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हालेको ३८ दिन बितिसकेको छ।  असार ३० गते कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन मन्त्री भएका थिए। त्यस्तै नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पुम्फा भुसाल ऊर्जामन्त्री भएका छन्। उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्। 


प्रकाशित: Aug 20, 2021| 07:59 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...