माछा पानीमा बस्ने प्राणी हो। तर, कोही यस्ता माछा जुन जमिनमा पनि बस्न सक्छन्। ‘लन्ग फिस’ नामक माछा माटोमा बस्न सक्ने माछाको प्रजाती हो। यसलाई ‘स्याल्यामेन्डर फिस’ पनि भन्निछ।
यस माछाको स्वासप्रस्वास प्रणाली उच्च भएको कारण पनि यिनीहरू जमिनमा बस्न सक्छन्। यस माछाले पानीमा रहदा अन्य माछा जस्तै ‘गिल्स’बाट काम गर्छ।
गर्मीमा भने यिनीहरूको ‘गिल्स’ भन्दा पनि स्वासप्रस्वास प्रणाली धेरै शक्तिशाली हुन्छ। त्यसैले उनीहरू माटो भित्र पस्न थाल्छन्। उनीहरू मुखले माटो भित्र छिर्छन्। माछालाई सहज लाग्ने गरी माटो भित्र उचित स्थान पाए पछि ‘कुकन’ जस्तो बनाएर बस्छन्।
यस क्रममा उनीहरूको ‘गिल्स’ले पनि काम गर्ने छोडिसकेको हुन्छ। उनीहरू ४ वर्षसम्म बिना पानी पनि बस्न सक्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४