शुक्रबार, भदौ ५, २०८३

जब महेश बस्नेतले सभामुख सापकोटालाई थर्काउन खोजे...

नेकपा एमाले संसदीय दलका सचेतक विशाल भट्टराईसहित, शान्ता चौधरी, पूर्व गृहमन्त्री खगराज अधिकारी, कृष्णभक्त पोखरेल, महेश बस्नेतलगायत नेताहरू सभामुख कक्षमा पसेका थिए।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- बिहीबार बिहान ११ बजे सिंहदरबारस्थित सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा नेकपा एमालेका केही नेताहरू पसे। नेकपा एमाले संसदीय दलका सचेतक विशाल भट्टराईसहित, शान्ता चौधरी, पूर्व गृहमन्त्री खगराज अधिकारी, कृष्णभक्त पोखरेल,  महेश बस्नेतलगायत नेताहरू सभामुख कक्षमा पसेका थिए।

उनीहरूको समामुखलाई भेट्नुको उद्देश्य थियो पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीको पत्र संसद सचिवालयमा पठाएकोमा त्यसको सूचना टास गर्न आग्र गर्नु। ओलीले नेपालसहित १४ सांसदलाई कारबाही गर्न मंगलबार संसद सचिवालयलाई पत्र पठाएका थिए। 

सरकारले दल विभाजनसम्बन्धी कानुनको थ्रेसहोल्ड अध्यादेशमार्फत २० प्रतिशतमा झारेको छ। उक्त अध्यादेशमार्फत नेता नेपालले पार्टी फुटाउने बुझेपछि गत वैशाख २७ गते ह्विप उलंघन गरेको आरोपमा ओलीले नेता नेपालसहित १४ सांसदमाथि कारबाही अघि बढाएका छन्। सोही अनुरुप उनले संसद सचिवालयमा पत्र पठाएका थिए।

तर, सभामुख सापकोटाले उक्त विषयमा अध्ययन गरिरहेको भन्दै पत्रको कार्यान्वयन गरेका छैनन्। सांसदलाई पदमुक्त गर्न पठाएको पत्रको कार्यान्वयन नगरेको भन्दै ओली पक्ष भने असन्तुष्ट छ। ओलीले सभामुखलाई प्रचण्डको कार्यकर्ता भएको र पद छाडेर माओवादीमा फर्किन चेतावनी दिइरहेका छन्।

सभामुख कार्यकक्षमा पुगे लगत्तै एमाले प्रमुख सचेतक विशाल भट्टराईले कुरा राखेका थिए। त्यसपछि क्रमश: पूर्व गृहमन्त्रीसमेत रहेका एमाले नेता खगराज अधिकारी र सांसद कृष्णभक्त पोखरेलले आफ्नो धारणा राखेका थिए।

उनीहरूले कुरा राखेपछि प्रतिनिधिसभा एमाले सचेत शान्ता चौधरीले आफूहरू सभामुखकहाँ बस्दा बस्दै नेपालसहितका नेतालाई कारबाबहीको सूचना टास्नुपर्ने माग गरिन्। उनको जस्तै धारणा थियो सांसद निरु पालको पनि।

अब बोल्ने पालो थियो एमाले सांसद महेश बस्नेतको। उनले सभामुख सापकोटालाई थर्काउने शैलीमा आजै सूचना नटाँसे बल प्रयोगको अवस्था आउने भन्दै चेतावनी दिए। 

बस्नेतको कडा शैलीपछि सभामुख सापकोटाले कसैको दबाबले निर्णय नलिने बताए। उनले आफू छलफल, परामर्श र अध्ययनमा रहेको बताएका थिए। वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले विभाजन हुने गरी नयाँ दल दर्ता गरेसँगै एमालेमा राजनीतिक तरंग बढेको छ।

प्रकाशित: Aug 20, 2021| 07:15 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...