शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेका नौ नेताको दबाब– ओलीले कारबाही फिर्ता लिनुपर्छ, नेपाल दल दर्ता प्रक्रियाबाट पछि हट्नुपर्छ

एमालेका नौ नेताको दबाब– ओलीले कारबाही फिर्ता लिनुपर्छ, नेपाल दल दर्ता प्रक्रियाबाट पछि हट्नुपर्छ

एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका तर अन्तिम समयमा माधव नेपालले पार्टी विभाजन गर्दा साथ नदिएका नौ नेताले ओलीलाई १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिएर १० बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका तर अन्तिम समयमा माधव नेपालले पार्टी विभाजन गर्दा साथ नदिएका नौ नेताले ओलीलाई १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिएर १० बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन्। यस्तै उनीहरूले नेता नेपाललाई पार्टी दर्ता प्रक्रियाबाट पछि हट्न आग्रह गरेका छन्। 

माधव नेपाल पक्षीय भनेर चिनिए पनि अन्तिम समयमा पार्टी विभाजनमा साथ नदिएका नेताहरूले एमाले एकता कायम राख्न १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका हुन्। एमाले विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका दोस्रो तहका नेता सम्मिलित कार्यदल गठन गरिएको थियो। कार्यदलले एकताका लागि १० वटा विषय सार्वजनिक गरेको थियो।   

पार्टी विभाजनले कसैको पनि हित नगर्ने भएकाले अलग पार्टी दर्ता प्रक्रियामा संलग्न नेता र कार्यकर्ताहरुले त्यस्तो प्रक्रिया रोकी पार्टी एकताका लागि तत्काल तत्पर हुन हामी हार्दिह आग्रह गर्दछौं।’

नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पार्टीको कार्यदलस्तरमा भएका १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका हुन्। यी सबै नेता विगतमा माधव नेपाल पक्षमा थिए।

विज्ञप्तिमा विभाजनले कसैको पनि हित नगर्ने भन्दै लचकताका साथ प्रस्तुत हुन अध्यक्ष केपी ओली र नेता माधव नेपाललाई आग्रह गरिएको छ।

उनीहरुले माधवकुमार नेपाल लगायत १४ सांसदलाई गर्ने भनिएको कारबाही फिर्ता लिन पनि माग गरेका छन्। सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन पनि उनीहरूले माग गरेका छन्। ती नेताहरूले निर्वाचन आयोगमा अलग दल दर्ताका लागि दिइएको निवेदन फिर्ता लिन माधव नेपाललाई आग्रह गरेका छन्। 

उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘पार्टी विभाजनले कसैको पनि हित नगर्ने भएकाले अलग पार्टी दर्ता प्रक्रियामा संलग्न नेता र कार्यकर्ताहरुले त्यस्तो प्रक्रिया रोकी पार्टी एकताका लागि तत्काल तत्पर हुन हामी हार्दिक आग्रह गर्दछौं।’

यस्तो छ विज्ञप्ति

प्रकाशित: Aug 19, 2021| 23:24 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...