काठमाडौं- नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथीमा बढुवा र प्रधानसेनापतिमा नियुक्तिका लागि सिफारिस भएका छन्। बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
यसअघिका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गतेबाट समाप्त हुने भई अनिवार्य अवकाश पाउने र उनी साउन २४ गतेबाटै घरबिदामा बसेकाले थापाको स्थानमा शर्मालाई सिफारिस गरिएको हो।
शर्मा हाल कायममुकायम प्रधानसेनापति छन्।