आइतबार, कात्तिक ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रभुराम शर्मालाई प्रधानसेनापतिमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रभुराम शर्मालाई प्रधानसेनापतिमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथीमा बढुवा र प्रधानसेनापतिमा नियुक्तिका लागि सिफारिस भएका छन्। बिहीबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।  

यसअघिका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि  भदौ २४ गतेबाट समाप्त हुने भई अनिवार्य अवकाश पाउने र उनी साउन २४ गतेबाटै घरबिदामा बसेकाले थापाको स्थानमा शर्मालाई सिफारिस गरिएको हो। 

शर्मा हाल कायममुकायम प्रधानसेनापति छन्। 

प्रकाशित: Aug 19, 2021| 19:29 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...