शुक्रबार, भदौ ५, २०८३

माधव नेपाल निकट यादवचन्द्र शर्मा बागमती प्रदेश प्रमुखमा सिफारिस

बिहीबारको मन्त्रिपरिषद्को बैठकले हालका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पदमुक्त गर्दै माधव नेपाल समूहका शर्माको नाम सिफारिस गरेको हो।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- सरकारले बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्माको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको छ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले हालका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पदमुक्त गर्दै माधव नेपाल समूहका शर्माको नाम सिफारिस गरेको हो।

राष्ट्रपतिबाट नियुक्त भएर सपथ खाएपछि उनले आफ्नो पद सम्हाल्ने छन्। नेपालले एमाले विभाजन गर्दै एमाले समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएको भोलिपल्टै प्रधानमन्त्री देउवाले उनलाई पनि भागबण्डा सुरु गरेका छन्।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अनुराधा कोइरालालाई पदमुक्त गर्दै विष्णु प्रसाईंलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।

प्रकाशित: Aug 19, 2021| 18:09 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...