शुक्रबार, भदौ ५, २०८३

माधव नेपालतिर खुले वामदेव

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले (समाजवादी) पार्टीलाई सहयोग गर्ने बताएका छन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले (समाजवादी) पार्टीलाई सहयोग गर्ने बताएका छन्। पार्टी एकता अभियानको जुम मिटिङलाई बिहीबार सम्बोधन गर्दै नेता गौतमले बिहीबार यस्तो बताएका हुन्।

पार्टी एकता अभियानलाई पनि तीव्र बनाउने बताएका गौतमले नेपाल नेतृत्वको नयाँ पार्टीलाई पनि सहयोग गर्ने सुनाए। केपी ओलीको पक्षमा लागेर अब पार्टीका लागि केही गर्न नसकिने उनको भनाइ थियो।

‘केपी ओलीको पक्षमा लागेर केही गर्न सकिँदैन अब। विद्रोहबाट अर्को पक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं,’ उनले भने। 

एमालेको माधव नेपाल समूहले नयाँ पार्टी दर्ताको प्रक्रिया सुरु गर्दा भने उपाध्यक्ष गौतम खुलेका थिएनन्। गौतम कहिले केपी ओलीतिर कहिले नेपालतिर लाग्दै आएका छन्। 

एमाले विवाद चर्केपछि उनले केही समयअघि एकता अभियान सुरु गरेका थिए। बीचमा भने उनको गतिविधि सुस्ताएको थियो। गौतमले २०५४ सालमा नेकपा एमाले विभाजन गरेर नेकपा माले गठन गरेका थिए। पछि उनी पुनः एमालेमै समाहित भएका थिए।

प्रकाशित: Aug 19, 2021| 15:45 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...