शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्ड र माधव नेपालसँगको छलफलपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रचण्ड र माधव नेपालसँगको छलफलपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतावित नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक  र प्रशासनिक विषयवस्तुमाथि छलफल हुने बताइएको छ।

प्रकाशित: Aug 19, 2021| 12:52 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...