शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदीप गिरि हिन्दूजा अस्पतालमा, उपचार प्रबन्ध मिलाउन नेता निधि भारततर्फ

प्रदीप गिरि हिन्दूजा अस्पतालमा, उपचार प्रबन्ध मिलाउन नेता निधि भारततर्फ

 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं– कांग्रेस नेता तथा राजनीतिक चिन्तक प्रदीप गिरि बिरामी परेपछि अस्पताल भर्ना भएका छन्।  घाँटीमा गम्भीर प्रकृतिको समस्या देखिएपछि नेता गिरि उपचारार्थ अघिल्लो हप्ता भारतको मुम्बई पुगेका थिए।‘मुम्बईको हिन्दूजा अस्पतालमा उहाँको उपचार भइरहेको छ। डाक्टर सुल्तान प्रधानले उहाँको उपचार गरिरहनुभएको छ’, नेता गिरिको पारिवारिक स्रोतले नेपाल समयलाई बतायो, ‘उहाँको स्वास्थ्य अवस्थाबारे हामी अहिले केही बताउने अवस्थामा छैनौं।’

नेता गिरि अस्पताल भर्ना भएको खबर पाएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि आजै मुम्बईतर्फ गएका छन्। बिरामी गिरिको स्वास्थ्य अवस्था बुझ्न र उपचारको थप प्रबन्ध मिलाउन नेता निधि आजै बेलुकासम्म मुम्बई पुग्नेछन्। ‘उहाँ आज भारतका लागि हिँड्नुभएको छ’, नेता निधिको सचिवालयले बतायो, ‘जनकपुरबाट दरभंगा हुँदै उहाँ मुम्बई पुग्नुहुनेछ।’

प्रकाशित: Aug 19, 2021| 10:41 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...