शुक्रबार, भदौ ५, २०८३

कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले सरकारका अध्यादेशले राजनीतिक अस्थिरता हुने निश्चित रहेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- राप्रपा अध्यक्ष कमल थापाले सरकारका अध्यादेशले राजनीतिक अस्थिरता हुने निश्चित रहेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

सांसद निर्दलीय हुन नपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहीत गर्ने अपवित्र गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित रहेको उनले बताएका छन्।

‘संविधानको धारा ७६(५) प्रयोग गर्दा सांसद निर्दलीय हुनपाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र गठबन्धन सरकारको अध्यादेशले दलिय प्रणालीलाई कमजोर बनाउने तथा राजनीतिक अस्थिरता बढाउने निश्चित छ,’ थापाले ट्वीट गर्दै भनेका छन्, ‘कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो। यो शुभ संकेत होइन।’

प्रकाशित: Aug 19, 2021| 08:29 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...