बुधबार, चैत २५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रतियोगिताको पुर्व सन्ध्यामा महिला टोलिलाई १ लाखसहित सम्मान

प्रतियोगिताको पुर्व सन्ध्यामा महिला टोलिलाई १ लाखसहित सम्मान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
तस्बिर : एन्फा
 
विराटनगर- नेपालमा आयोजना हुन लागेको पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको पुर्व सन्ध्यामा नेपाली राष्ट्रिय महिला फुटबल टोलिलाई नगदसहित सम्मान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलिका २३ जना खेलाडीलाई नगद १ लाख सहित सम्मान गरेको हो ।

पहिलो पटक ओलम्पिक छनोटमा सहभागिता जनाएको नेपाली राष्ट्रिय महिला टोलिले सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिक छनोटको दोश्रो चरण पुग्न सफल भएको थियो । त्यस्तै भारतमा आयोजना भएको हिरो गोल्डकपमा उपविजेता बन्यो । 

जहँ भारत२ समेत २-१ ले पराजित गर्दै इतिहास रचेको थियो । ओलम्पिक छनोटको दोश्रो चरण पुग्न सफल भएपछि र हिरो गोल्डकपको उपविजेता बने पछि एन्फाले दुबै प्रतियोगितामा गरेको उत्कृष्ट स्वरुप ५०-५० हजार गरि नगद एक लाख सम्मान गर्ने घोषण गरेको थियो । सोहि नगदसहित सम्मान गर्ने घोषणा अनुसार एन्फाले महिला फुटबल टोलिलाई सम्मान गरेको हो।

सम्मानित हुने खेलाडीमा अन्जना राना मगर, अन्जिला तुम्बाप्पो सुब्बा, मन्जली कुमानी योन्जन, निरु थापा, बिमला चौधरी, दिपा राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता केसि, अनिता बस्नेत, हिरा कुमारी भुजेल, सबित्रा भण्डारी, अमृता जैसी, पुनम जर्घा मगर, मनमाया लिम्बु र गिता राणामगरले समान एक एक लाख प्राप्त गरे ।

त्यस्तै रेखा पौडेल, रुपा रानामगर, रन्जना दर्जी, दिपा न्यौपाने, अनु लामा, सर्मिला थापा र पुजा राणाले समान ५० हजार प्राप्त गरे भने मुख्य प्रशिक्षक सहित अन्य अफिसियलले १ लाख प्राप्त गरे ।

पाँचौ साफ जिते खेलाडीको भविश्री सुनिश्चितका लागी थुप्रै कार्यक्रम गर्ने एन्फाका अध्यक्ष कर्मा छिरिङ सेर्पाले बिश्वास दिलाए । पछिल्लो समय महिला टिमको सफलता देखेर अन्य देशहरु पनि अचम्मित भएको अध्यक्ष सेर्पाले बताए ।

यस्तै विराटनगर महानगरपालिका मेयर भिम पराजुलीले पहिला सगरमाथाको देश भनेर चिनिने नेपाल आजभोली नेपाली महिला फुटबल टोलिले गर्दा एसियामा परिचीत भइरहेको बताए ।

मेयर पराजुलीले प्रतियोगिता जिते नेपाली टोलिलाई नगदसहित सम्म गर्ने समेत प्रतिबद्धता जनाएका छन् । पुरस्कार बितरण कार्यक्रममा नै विराटनगर महानगरपालिकाले सुनसरीका तीन जना खेलाडी कविता धिमाल, मनमाया लिम्बु र सरु लिम्बुलाई नगरपालिकाको ब्रान्ड एम्बास्डर घोषित गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।