आइतबार, साउन १७, २०८३

भलिबलको उपाधी रुपन्देहीलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – प्रदेशस्तरीय भलिबल कपको उपाधी रुपन्देहीले हासील गरेको छ। जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा सन्चातिल छैटौ मणिमुकुन्द कप प्रदेश नं. ५ स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७५ को लागि गुल्मीलाई ३–२ को सेटमा पराजित गर्दै रुपन्देहीले उपाधि चुमेको हो। उपाधिसँगै रुपन्देहीले नगद १ लाख १ हजार सहित कप, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ। 

यसैगरी उपविजेता गुल्मी नगद ७१ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ। जिल्ला भलिबल संघ नवलपरासीले तृतिय स्थान हासिल गर्दै नगद ४४ हजारसहित कप, मेडल, प्रमाणपत्र हात पारेको छ। जिल्ला भलिबल संघ पाल्पाले सान्त्वना स्थान हासिल गर्दै नगद २२ हजारसहित प्रमाणपत्रबाट हात पारेको संयोजक सुरेन्द्र गुरुङ्गले बताए। भलिबल प्रतियोगिता बुटवलमा भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।