काठमाडौं- मंगलबारबाट विराटनगरमा सुरु हुने पाँचौं महिला साफ प्रतियोगिताको छोटो सन्देश नेपाल टेलिकम र एनसेलबाट प्रवाह गरिने अखिल नेपाल फुटबल संघ (एन्फ)का प्रवक्ता तथा प्रचार प्रसार समितिका संयोजक किरण राईले जानकरी दिए ।
पहिलो पटक महिला साफ प्रतियोगिताको आयोजना गर्ने मौका पाएको नेपालले सम्पूर्ण सर्वसाधारणलाई प्रतियोगिता सम्बन्धी जानकारी गराउने उद्देश्यले टेलिकम र एनसेलबाट सुचना प्रवाह गराइने राईले जानकारी दिएका हुन् ।
प्रतियोगिता तथा खलाडीको सुरक्षाको व्यवस्था सुदृढ रहेको बताउँदै रंगशालामा स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बाहिरपट्टी नेपाली सेनाले सुरक्षा जिम्मेवारी लिएकोसमेत जानकरी दिए ।
प्रतियोगिता नेपाल, भारत, भुटान, बंगलादेश, मालदिभ्स र श्रीलंका गरी ६ राष्ट्रिका महिला फुटबल टिमको सहभागिता रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४