काठमाडौं- राष्ट्रिय च्याम्पियनसिप माउण्टेन बाइक प्रतियोगिता चैत पहिलो साता हुने भएको छ । नेपाल साइक्लिङ संघको आयोजनामा प्रतियोगिता चैत १ र २ गते हुने आयोजकले एक पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।
चैत १ गते नवौं राष्ट्रिय डाउन हिल च्याम्पियनसिप हुने छ भने चैत २ गते १७ औं क्रस कन्ट्री च्याम्पियनसिप हुने आयोजकले जानकारी दिएको हो । क्रस कन्ट्रीतर्फ इलिट पुरुष र महिला समूह, जुनियर पुरुष र महिला समूह तथा मास्टर पुरुष समूह गरी १२ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
त्यस्तै डाउन हिलतर्फ इलिट पुरुष र महिला समूह तथा जुनियर पुरुष समूहको खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता गोकर्णेश्वर नगरपालीकास्थित शहिद तथा शान्तिपार्क जगडोलमा गोकर्णेश्वर नगरपालीकाको सहयोगमा आयोजान हुने जनाएको छ ।
देश भरीका विभिन्न खेलाडीको सहभागिता रहने उक्त प्रतियोगिताको विजेता र उपविजेता महिला र पुरुष समान दुई दुई खेलाडीले भारतमा आयोजना हुने माउण्टेन बाइक प्रतियोगिता सहभागिता जनाउन पाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४