सोमबार, साउन १८, २०८३

एट्लेटिकोको संघर्षपूर्ण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ला लिगाको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले लेगानेसमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार राती भएको खेलमा लेगानेसलाई १-० गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले संघर्षपूर्ण जित निकालेको हो । 

पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा एट्लेटिकोले गर्दै पाहुना टोलीलाई पराजित गरेको हो । घरेलु टोलीलाई महत्वपूर्ण जित दिलाउन खेलको एकमात्र निर्णायक गोल सउल नेगजले गरे । 

उनले खेलको ५० औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाए । त्यसपछि दुबै टोलीबाट कुनै पनि गोल हुन सकेन् । यस जितसँगै एट्लेटिकोले शीर्ष स्थानको बार्सिलोनालाई ७ अंकाको दुरीमा पछ्याएको छ । 

समान खेलमा शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ भने एट्लेटिकोको ५६ अंक छ । पराजित लेगानेस ३३ अंक सहित लिगको १३ औं स्थानमा छ ।

शनिबार राती नै भएका अन्य खेलमा अलाभेस र एइबारले १-१ को बराबरी खेलेका छन् ।  त्यस्तै अर्को खेलमा गेटाफेले हुएस्कालाई २-१ ले पराजित गरेको छ । 

गेटाफेका लागि जइम माटाले दुई गोल गरे भने हुएस्काका लागि एन्रिक गालेगोले एक गोल गरे । यस जितसँगै गेटाफे ४५ अंक सहित चौंथो स्थानमा छ । पराजित हुएस्का २२ अंकसहित रेलिगेसन जोनमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।