बुधबार, चैत २५, २०८२

रहिमको ह्याट्रिकमा सिटी विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- रहिम स्ट्रलिङको ह्याट्रिकको मद्दतले इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ३-१ ले पराजित गर्दा ह्याट्रिक पुरा गरेका थिए । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४६ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसको चार मिनेट नबित्दै उनले स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । 

खेलको ५९ औं मिनेटमा स्ट्रलिङले ह्याट्रिक पुरा गर्दा सिटी ३-० ले अघि रह्यो । खेलको ६६ औं मिनेटमा वाट्फोर्डका जेर्राड डेउलोफेउले एक गोल फर्काएपनि थप गोल गर्न नसक्दा सिटीले ३-१ ले आफ्नो बनायो ।

जितसँगै सिटीले लिगमा दोस्रो स्थानको लिभरपुलमाथि ४ अंकको अग्रता बनाएको छ । सिटीले ३० खेलबाट ७४ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको ७० अंक छ । पराजित वाट्फोर्ड ४३ अंकसहित आठौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।