बुधबार, चैत २५, २०८२

आर्मी झापा गोल्डकपको फाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
काठमाडौं- विभागिय टोली त्रिभुवन आर्मी चौंथो संस्करणको झापा गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा दाउफिन्सलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मी प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । 

आर्मीले खेलमा आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो । दाउफिन्सका सिलु मार्टिन्सको आत्मघाती गोलमार्फत आर्मी विजयी भएको हो । खेलको २३ औं मिनेटमा सिलुले आत्मघाती गोल गरेका थिए । उनले आफ्ना गोलरक्षकलाई हेडर मार्फत ब्याक पास दिने क्रममा गोल गरेका थिए । 

अब आर्मीले उपाधिका लागि आयोजक टोली झापा-११ सँग सोमबार भिड्ने छ । झापा-११ शुक्रबार भएको पहिलो सेमिफाइनलमा थ्रि स्टार क्लबलाई ट्राइबेकरमा ३-१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेता टोलीले १२ लाख ५५ हजार प्राप्त गर्ने छ भने उपविजेता टोलीले ६ लाख ५ हजार प्राप्त गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।