एजेन्सी- स्पेनिस महारथी क्लब कार्सिलोनालाई स्पेनिस ला लिगको शीर्ष स्थानमा अग्रता बढाउने अवसर रहेको छ । शनिबार राती ला लिगमा हुने खेलमा बार्सिलोनाले लिगको पुछारमा रहेको रायो भालेकानोसँग भिड्दै छ ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समय अनुसार राती ११:४५ बजे सुरु हुने । शीर्ष स्थानमा ७ अंकको अग्रता कायम राखेको बार्सिलोनालाई यो अग्रता बढाउने अवसर हो ।
त्यस्तैले बार्सिलोना मैदान उत्रिदा लक्ष्य भालेकानोलाई पराजित गर्दै अग्रता बढाउने रहने छ । किनकी शनिबार राती बार्सिलोनाले ला लिगाको कमजोर टोलीसँग खेल्दै छ । ला लिगका २६ खेल खेल्दा २ खेल मात्र गुमाएको बार्सिलोना समान खेलमा १५ खेल गुमाएको भालेकानोसँग भिड्न लागेको हो ।
रेलिगेसन जोनमा रहेको भालेकानोको २३ अंक छ । यता शीर्ष स्थानको बार्सिलोनाको ६० अंक छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान २६ खेलबाट ५३ अंक छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४