एजेन्सी- पछिल्लो समय केही विवादमा आएका रियल मड्रिडका कप्तान सर्जियो रामोसले क्लबका अध्यक्ष फ्लिोरेन्टिनो पेरेजलाई क्लब छोड्ने घम्कि दिएका छन् । मंगलबार राती भएको च्याम्पियन्स लिगको दोस्रो खेलमा आयाक्ससँग ४-१ को फराकिलो अन्तरले परजित भएपछि ड्रेसिङ रुममा क्लबका अध्यक्ष पेरिजसँगको विवादमा क्लब छोड्ने धम्की दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
तर, रियलका नियमित कप्तान रामोस भने उक्त खेलमा उपस्थित थिएनन् । आयाक्ससँगकै पहिलो लेगमा जानी जानी पहेलो कार्ड खाएको भन्दै उनलाई युइएफएले दुई खेल प्रतिबन्ध लगाएको थियो । सोही कारण उनी दोस्रो लेगमा अनुपस्थित थिए ।

रियल आयाक्ससँग समग्रहमा ५-३ ले पराजित हुँदै च्याम्पियनस लिगबाट बाहिरिए पछि पेरेजले रामोसलाई क्लबबाट बर्खास्त गर्ने धम्की दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । त्यसपछि आक्रोसित बनेका रामोसले भने, ‘मलाई मेरो पैसा तिर्नुस र म क्लब छोड्छु ।’ उनले आक्रोसित हुँदै थपे, ‘मैले क्लबलाई आफ्नो सबै थोक सुम्पे । अहिले मेरो ढाड भाच्ने काम गर्ने । मैले तपाई र क्लबका लागि धेरै गरेको छु ।’
यो विवादले पेरेजलाई अपमानित गरेको कुनै संकेत देखीदै न । बरु उनले आफ्ना पूर्व प्रशिक्षक जोसे मोरिन्होलाई अनुबन्ध गर्ने तयारी गरेको बताइएको छ । तर, रामोसको मोरिन्होसँग राम्रो सम्बन्ध रहेको छैन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४