आइतबार, साउन १७, २०८३

नेपाल र मलेसियाबिचको मैत्रिपूर्ण खेल स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीको मलेसियासँग हुने भनिएको मैत्रीपुर्ण खेल स्थगित भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मैत्रीपूर्ण खेलका लागि मलेसियालाई अनुमति नदिएपछि खेल स्थगित भएको हो ।

यसअघि उक्त मलेसियासँगको मैत्रिपूर्ण खेल २६ मार्चमा हुने तय गरिएको थियो । नेपालले मलेसियासँगको मैत्रिपूर्ण खेल उसैको मैदानमा खेल्ने तयारी गरेको थियो । 

मैत्रीपुर्ण खेलका लागि एएफसीले अनुमति दिए पनि एक महिनामा तीन मैत्रिपूर्ण खेल खेल्न नपाउने फिफाको प्रावधान अनुसार अनुमति नपाएको मलेसिया फुटबल संघले पत्रमा जनाएको छ । 

मलेसियाले यसअघि नै २ खेल खेलिसकेको छ । अब दुई देशबिचको नयाँ मिति कहि समयमा घोषणा गरिने जनाएको छ । मलेसियासंगको मैत्रीपुर्ण खेल स्थगित भएपनि नेपालले कुवेतसँग आगामी मार्च २१ मा उसैको मैदानमा मैत्रीपुर्ण खेल खेल्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।