आइतबार, साउन १७, २०८३

प्लेअफमा स्थान बनाउन सन्दीपको लाहोरलाई जित आवश्यक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय टालीका सदस्य तथा लेग ब्रेक स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) टी-२० क्रिकेटमा आफ्नो छैटौं खेल खेल्दै छन् । लाहोर क्यालेण्डर्सबाट पिएसएल खेली रहेका सन्दीपले आज (शनिबार) इस्लामावाद युनाइटेडविरुद्ध मैदान उत्रिदै लिगमा आफ्नो छैटौं खेल खेल्दै छन् । 

यसअघिका खेल युएईमा खेलाईएका थिए । अबक सम्पुर्ण खेल पाकिस्तानमा नै हुने छन् । त्यसैले यो खेल पनि पाकिस्तानको कराँचीमा नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ । दुबै टोलीलाई अघि बढ्न जितको उत्तिकै आवस्यक छ । 

सुरुवाती ३ खेल गुमाएका सन्दीपले पछिल्लो ५ खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले पिएसएलमा ५ खेल खेल्दै १० विकेट हात लिएका छन् । सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको छौटौं स्थानमा छन् ।

९ खेलमा ४ जित हात परेको इस्लामावाद ८ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । यता ८ खेलमा ३ जित हात पारेको लाहोर ६ अंक सहित पाँचौ स्थानमा छ । प्ले अफमा स्थान बनाउन लाहोरलाई इस्लामावादविरुद्ध जित अत्यावश्यक रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।