बुधबार, चैत २५, २०८२

थ्रिस्टारलाई पराजित गर्दै झापा फाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- चौंथो संस्करणको झापा गोल्ड कपको दाबेदारको रुपमा हेरिएको थ्रि स्टार क्लब आयोजक टोली झापा-११ सँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा  थ्री स्टार झापासँग टाइब्रेकरमा ३-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

निर्धारित ९० मिनेटको खेल गोल रिहत बराबरी भएपछि १५ मिनेट समय थप गरिएको थियो । थपिएको समयमा पनि कुनै गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमा पुगेको थियो । 

झापाका लागि पुजन उपरकोटी, देबेन्द्र तामाङ र गोलरक्षक दिनेश थापामगरले गोल गरेका थिए भने हेमन गुरुङ र कर्ण लिम्बुको प्रहार थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले बचाउ गरेका थिए । 

यता थ्री स्टारका रजिन धिमालले मात्र गोल गरे । अन्य खेलाडी बुद्ध लिम्बूको प्रहार गोलरक्षकले बचाएका थिए भने रुपेश केसी र मिक्चेन तामाङको प्रहार बाहिरिएको थियो । 

गोल्डकपको चौंथो संस्करणमा आइपुग्दा आयोजक झापा लगातार चौंथो पटक फाइनलमा प्रवेश गरेको छ । यद्दपी झापाले हालसम्म उपाधी रक्षा भने गर्न सकेको छैन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।