आइतबार, साउन १७, २०८३

स्ट्यान्डिङ क्रिकेट टोली भारत जाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली पारा स्ट्यान्डिङ पुरुष क्रिकेट टोली शनिबार भारत प्रस्तान गर्ने भएको छ । भारतको आग्रामा आयोजना हुने तीन टी-२० क्रिकेट श्रृंखला खेल्न नेपाल त्यसतर्फ प्रस्थान गर्न लागेको हो । 

उक्त प्रतियोगिताका लागि खेलाडीमा रामप्रसाद खरेलको कप्तानीमा १४ सदस्यीय टोलीको छनोट गयरिएको थियो । टोलीमा रामप्रशाद सहित, हेमबहादुर गुरुङ, प्रदीप रिजाल, सुमन बराल, इन्द्रसिंह डिसी, राम कुँवर, राम मगर, मनोज थापा, छवि धोबी, लक्ष्मीप्रसाद अधिकारी, सोभितकुमार हल्वाइ, रुपक वाइबा, सुकलाल मिया, मीनप्रसाद ढकाल र ललनकुमार बाराही रहेका छन् ।

व्ह्ीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम ग्याल्जिङ शेर्पाको नेतृत्वमा जाने टोलीको फिजियोमा अञ्जना श्रेष्ठ तथा अफिसियलमा राजेश शाह र शरद पौड्याल छन् । 

नेपालले मार्च १३, १४ र १५ तारिखमा भारतको राष्ट्रिय स्ट्यान्डिङ टिमसंग प्रतिस्पर्धा गर्ने अध्यक्ष शेर्पाले जानकारी गराए । बिदाइका अवसरमा वज्रयोगिनी ब्याग प्रोडक्सनका प्रोपाइटर हरि श्रेष्ठद्वारा प्रायोजित पोशाक पनि टोलीलाई वितरण गरिएको थियो । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।