बुधबार, चैत २५, २०८२

नेपाली फुटबलका हरेक गतिविधि अब डिजिटल प्रविधिमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को हरेक गतिविधि अब डिजिटल प्रविधिमा राखिने भएको छ । शुक्रबार प्रविधिसँग सम्वन्धित दुई कम्पनी इम्प्रुभमेन्ट कम्पनी नेपाल (आईसीएन) र मेर्सी क्रप्ससँग सम्झौता गर्दै एन्फाका हरेक गतिविधि डिजिटल प्रविधिका राखिने भएको हो । 

एन्फाले फुटबलका हरेक गतिविधिलाई प्रविधिसँग जोड्न सम्झौता गरेको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, आईसीएन सीईओ रुपेश भक्त श्रेष्ठ र मेर्सीका कन्ट्री निर्देशक सञ्जयध्वज कार्कीले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे । 

अब नेपाली फुटबलका हरेक गतिविधि र तथ्यांक सफ्टवेयरको सहायतामा गरिने छ । सम्झौता अनुसार फुटबल गतिविधिको तथ्यांक राख्न आईसीएनले १० लाख बराबरको सफ्टवेयर तयार पार्ने छ । 

तर, सफ्टवेयर हाललाई एन्फा र सम्बन्धित क्लबले मात्रै प्रयोग गर्न पाउने छन् । एन्फाले फुटबलको सर्वोच्च निकाय फिफा र एसियन फुटबल महासंघ (एएफसी) को नियम अनुसार सफ्टवेयर तयार गरेको छ । उक्त सफ्टवेयरको ५० प्रतिशत खर्च मेर्सीले प्रदान गर्ने छ । उक्त सफ्टवेयर दुई कम्पनिले निर्माण गर्नेछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।