काठमाडौं- नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी छिन्।
बुधबारै एमाले संसदीय दलकी नेता बनेकी शाक्यलाई साँझ मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।
यसअघिका एमाले बागमती संसदीय दलका नेता डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यलाई संसदीय दलको नेता चयन गरिएको थियो।
शाक्य यसअघि माधवकुमार नेपाल पक्षमा थिइन्। नेपालले नयाँ दल गठन गर्ने तयारी गरेपछि नेपाल पक्षकी नेता शाक्यलाई मुख्यमन्त्री बनाएर ओली पक्षले ट्विस्ट गराएको हो।