शनिबार, साउन १६, २०८३

युरोपा लिग : चेल्सीको किभमाथि सहज जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- युरोपा लिग फुटबल अन्तर्गत प्रि-क्वार्टफाइनलको पहिलो लिगमा इंग्लिस प्रिमियर लिग क्लब चेल्सी विजयी भएको छ । चेल्सीको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा डाइनामो किभलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।  

चेल्सीको जितका लागि पेड्रो रोड्रिगेज, विलियन र कलुम हड्सनले समान एक एक गोल गरे । खेलको पहिलो हाफमा १-० ले अग्रता लिएको चेल्सीले दोस्रो हाफमा थप दुई गोल गर्दै सहज जित निकालेको हो । 
Image result for chelsea vs dynamo kiev
खेलको १७ औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा थप दुई गोल हुँदा ६५ औं मिनेटमा विलियनले फ्रिकिकबाट गोल गरे  भने खेलको अन्तिम मिनेटमा हड्सनले गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै चेल्सीले अन्तिम आठको यात्रा सहज बनाएको छ । क्वाटरफाइनलमा पुग्न अब चेल्सीलाई दोस्रो लेगमा बराबरी खेल्ने पुग्नेछ । यस्तै झिनो अन्तरले पराजित भएपनि चेल्सीले अर्को चरणको यात्रा गर्ने छ । 
Image result for chelsea vs dynamo kiev
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।