बुधबार, चैत २५, २०८२

‘नेयमार भन्दा डेम्बेले उत्कृष्ट’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- फ्रान्स तथा बार्सिलोनाका युवा फरवार्ड ओसमाने डेम्बेले पछिल्लो समय निकै नै लयमा छन् । उनले जारी सिजनमा बार्सिलोनालाई अफ्ठेरो पर्दा निकैनै महत्वपूर्ण भुमिका खेल्दै आएका छन् । 

सोही कारण पनि होला बार्सिलोना क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले नेयमार भन्दा डेम्बेले उत्कृष्ट भएको बताएका छन् । क्लबका अध्यक्ष बार्टोमेउले एक स्पोर्टस् मिडियासँग कुरा गर्दै नेयमार भन्दा डेम्बले उत्कृष्ट रहेको बताएका हुन् । 
Related image
‘नेयमार भन्दा डेम्बेले र काउटिन्हो अब्बल छन् । जो बार्सिलोनामा छन् र राम्रो पनि’, क्लबका अध्यक्ष बार्टोमेउले भने । बार्सिलोनाले नेयमारको विकल्पको रुपमा २१ बर्षीय डेम्बेलेलाई बुन्ज्डेस लिगा क्लब ब्रोसिया ड्रोटमण्डबाट १ सय ५ मिलियन युरोमा अनुबन्धित गरेको थियो । 

केही समयको इन्जुरी पिछ उनेल आफुलाई एक महत्वपूर्ण खेलाडीको रुपमा उभ्याएका छन् । उनले जारी सिजनमा १३ गोल र ८ असिस्ट समेत गरेका छन् । उनले ला लिगाका मात्र २३ खेलमा ८ गोल गरेका छन् । 

डेम्बेलेले पछिल्लो साता रियल मड्रिडसँग ३-० गोल अन्तरले विजयी हुँदा दुई असिस्ट गरेका थिए । 
Image result for neymar and dembele
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।