शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माधव नेपालको नयाँ दलले एमालेलाई तात्विक फरक पर्दैन : एमाले प्रवक्ता

माधव नेपालको नयाँ दलले एमालेलाई तात्विक फरक पर्दैन : एमाले प्रवक्ता

प्रवक्ता ज्ञवालीले नेकपा एमाले आफ्नो उद्देश्यमा प्रष्ट भएको र माधव नेपाललगायतका नेताहरू एमालेको आवरणमा नेपाली कांग्रेसलाई सहयोग गर्दै आईरहेकाले नयाँ दल खोल्नु वा पार्टी भित्रै बस्नुलै कुनै अर्थ नराख्ने उनको भनाइ छ।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

काठमाडौं- नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपालको पार्टीले आफ्नो दलालाई तात्विक फरक नपार्ने दाबी गरेका छन्। माधव नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एमाले समाजवादी) गठन भएपछि नेपाल समयसँग प्रतिक्रिया दिदै प्रवक्ता ज्ञवालीले एमालेलाई कुनै फरक नपर्ने बताएका छन्।

प्रवक्ता ज्ञवालीले नेकपा एमाले आफ्नो उद्देश्यमा प्रष्ट भएको र माधव नेपाललगायतका नेताहरू एमालेको आवरणमा नेपाली कांग्रेसलाई सहयोग गर्दै आईरहेकाले नयाँ दल खोल्नु वा पार्टी भित्रै बस्नुलै कुनै अर्थ नराख्ने उनको भनाइ छ। 

‘पार्टी विभाजनको बाटो गलत भएको भन्दै केही साथीहरु एमाले भित्रै फर्किनुहुन्छ। उहाँहरुसँग छलफल भइरहेको छ। पार्टीको कारबाहीमा परेका उहाँहरु पर्टिमा हुनु/नहुनुले पार्टीलाई कुनै पनि असर गर्दैन,’ उनले भने। 

प्रकाशित: Aug 18, 2021| 19:05 बुधबार, भदौ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...