बुधबार, चैत २५, २०८२

थ्रिस्टार झापा गोल्डकपको सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
फाइल तस्बिर
 
काठमाडौं- थ्रि स्टार क्लब चौंथो संस्करण्को झापा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । 

दुबै टोलीले निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी खेले पटि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेका थियो । पेनाल्टी सुटआउटमा थ्री स्टारका विजय धिमाल, बुद्ध चेम्जोङ र रुपेश केसीले गोल गरे । बिक्रम लामाको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाउ गरे । 

यता पुलिसका अजित भण्डारी र भरत शाहको प्रहार थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले बचाउँदा रबी पासवानको प्रहार आकाशिएसँगै थ्रि स्टार विजयी भएको हो ।

अब फाइनल प्रवेशका लागि थ्री स्टारले झापा-११ सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।