काठमाडौं- सर्वाधिक पुरस्कार राशीको प्रथम खुल्ला साँकुरा स्नुकर च्याम्पियन्सशीप फागुनको अन्तिम साताबाट हुने भएकोछ । साँकुरा स्नुकर संचालकको आयोजनामा प्रथम खुल्ला साँकुरा स्नुकर च्याम्पियन्ससिप यहि फागुन २९ गते देखी चैत ७ गते सम्म चल्ने आयोजकले एक पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।
उक्त प्रतियोगिता संचालनका लागि नेपाल विलियर्स, स्नुकर तथा पुल संघले समेत मन्यता दिएको आयोजकले जनाएको छ । प्रतियोगिता स्नुकरको इतिहासमा हाल सम्मकै सर्वाकि पुरस्कार राशीको प्रतियोगिता रहेको समेत आयोजको दाबी छ ।
१ सय २८ जना खेलाडी सहभागी रहने उक्त प्रतियोगिताको विजेताले १ लाख १० हजार नगद पुरस्कार प्राप्त गर्ने छ भने दोस्रो हुनेले ४० हजार नगद प्राप्त गर्ने छ ।
यसै खेलबाट छनोट भएका ८ जना खेलाडी र यसअघि नेपाल विलियर्स, स्नुकर तथा पुल संघले छनोट गरेका ८ जना खेलाडीबिचको प्रथम र द्वितिय हुने खेलाडीले मार्चमा बंगलादेशमा हुने प्रथम सार्क स्नुकर च्याम्पियन्सशीपमा सहभागिता जनाउने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४