बुधबार, चैत २५, २०८२

जारी सिजनको पहिलो उपाधि उचाल्ने दाँउमा बार्सिलोना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- स्पेनिस महारथि क्लब बार्सिलोना सुपर कोपा डे क्याटालोनियाको उपाधि नजिक पुगेको छ । बार्सिलोना उक्त प्रतियोगिताको लगातार दोस्रो पटक उपाधि उचाल्ने दाउँमा छ । 

सुपर कोपा डे क्याटालोनियाको उपाधिका लागि बार्सिलोनाले आज (बुधबार) राती अर्को ला लिगा प्रतिद्वन्द्वी क्लब जिरोनासँग खेल्दै छ । खेल नेपाली समय अनुसार राती ११:३० बजे सुरु हुने छ । 

बार्सिलोनाले सुपर कोपा डे क्याटालोनियाको उपाधि २ पटक जितेको छ । यता जिरोना भने पहिलो पटक सुपर कोपा डे क्याटालोनियाको उपाधि उचाल्ने दाउँमा छ । पछिल्लो १० बर्ष यता यि दुई टोलीले ६ पटक एक अर्काबिच प्रतिस्पर्धा गरेका छन् । 
Image result for barcelona vs girona
६ पटकको भेटमा पाँच पटकम जिरोना पराजित भएको छ भने एक पटक मात्र बराबरी खेलेको छ । यसै सिजनको ला लिगमा भएको भेटमा जिरोना बार्सिलोनासँग २-० ले पराजित भएको थियो । 

गत बर्षको ला लिगाका दुई पटक आमने सामने हँदा एक पटक जिरोना ६-१ गोल अन्तरले पराजित भएको थियो । दास्रो भेटमा भने २-२ को बराबरी खेल्यो । २०१७ मा ला लिगामा भएको भेटमा जिरोना बार्सिलोनासँग ३-० ले पराजीत भएको थियो । 
Image result for barcelona vs girona
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।