बुधबार, चैत २५, २०८२

साविकको विजेता रियलको लज्जासपद हार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- साविकको विजेता स्पेनिस ला लिगा टोली रियल मड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा अजाक्सले सनसनीपुर्ण नतिजा निकाले पछि रियल च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

अजाक्सलाई क्वाटरफइनल पुर्याउनका लागि हाकिम जियच, डेविड नेरेस, दुसन टाडिस र लास सोनले एक एक गाल गरे । रियलका लागि मार्को एसेन्सियोले एक गोल फर्काएका थिए । 

खेलको सातौं मिनेटमा हाकिम जियचले गोल गर्दै सुरुवाती अग्रता दिलाए । १८ औ मिनेटमा डेविड नेरेसले गोल गर्दै घरेलु टोलीस्लाई २-० गोल अन्तरले पछि पारे । ६२ औ मिनेटमा दुसन टाडिसले गोल गर्दै अग्रता तेब्बर पारे ।

तर, ७० औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै खेलमा फर्किने संकेत दिएका थिए । त्यसको दुई मिनेट नबित्दै अजाक्सका मिडफिल्डर लास सोनले गोल गर्दै टोलीलाई ४-१ ले जित दिलाए । 

पहिलो लेगमा २-१ ले पराजित भएको अजाक्सले दोस्रो लेगमा ४-१ को जित सहित समग्रहमा ५-३ को जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।