काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आयोगमा निवेदन दिएको छ।
दल विभाजन सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याएकै दिन बुधबार ठाकुरले नयाँ पार्टीका लाग आवेदन दिएका हुन्। पार्टीको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ। उसले २४ जनाकाे केन्द्रीय कार्यकारिणी समिति प्रस्ताव गरकाे छ। ज्यान मुद्दामा रहेका रेशम चौधरीले भने आफू नयाँ पार्टीको केन्द्रीय सदस्य हुन तयार रहेको भन्दै जेलबाटै मञ्जुरीनामा पठाएका थिए।
सरकारले हिजो मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेसँगै जसपा विभाजन गर्न असन्तुष्ट ठाकुर पक्ष लागेको थियो। ठाकुरले आफ्नै नेतृत्वमा दल दर्ताको निवेदन दिएका छन्। यसका लागि उनले आज बिहानै सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यको बैठक बोलाएका थिए।
आज नै नेकपा एमालेको माधवकुमार नेपाल समूहले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। उक्त समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको छ।