शनिबार, साउन १६, २०८३

'उत्कृष्ट खेलाडी' अवार्ड सन्दीपलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सन्दीप लामिछाने उत्कृष्ट पुरुष वर्ष खेलाडी घोषित भएका छन्। मंगलबार रसियन सेन्टरमा घोषणा भएको  ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ अन्तर्गत सन्दीपले उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड हात पारेका हुन्। पुरुष वर्ष क्रिकेट खेलाडीको सूचीमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी मनोनयनमा परेका थिए।

यस्तै महिला तर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड सीता राना मगरले प्राप्त गरिन्। महिलाको मनोनयन सूचिमा भने मगरसँगै नेपाली टोलीकी कप्तान रुबिना क्षेत्री बेल्बासे, इन्दु बर्मा, करुणा भण्डारी, सरिता मगर परेका थिए।


उदयीमान क्रिकेट खेलाडीको अवार्ड रोहितकुमार पौडेलले हात पारेका छन्। पौडेलले अविनाश बोहरा, कविता कुँवर, ललित नारायण राजवंशी र सन्दीप जोरालाई पछि पार्दै उक्त अवार्ड जितेका हुन्। 'मोमेन्ट अफ दी इयर' को अवार्ड करन केसीले हात पार्दा 'लाइफ टाइम अचिभमेन्ट' को अवार्ड भने कोमल बहादुर पाण्डेलाई प्रदान गरिएको छ।  

वर्ष क्रिकेट खेलाडी पुरुषले अवार्डसँगै नगद १ लाख ३२ हजार प्राप्त गरेका छन् भने अन्य चार विधाका विजेताले समान ६६ हजार नगद पुरस्कार पाएका छन्। क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आइतबार एक कार्यक्रमको आयोजना गर्दै पाँच पाँच जना खेलाडीको नाम सार्वजनिक गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।