शनिबार, साउन १६, २०८३

पिएसएल : आफ्नो पाँचौ खेलमा सन्दीपको कस्तो रहला प्रदर्शन?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य तथा लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल)मा आज (मंगलबार) आफ्नो पाँचौ खेल खेल्दै छन् । लाहोर क्यालन्डर्सबाट पिएसएल खेली रहेका उनले पेशावर जाल्मीविरुद्ध मैदान उत्रिदै आफ्नो पाँचौ खेल खेल्न लागेका हुन् । 

खेल नेपाली असमय अनुसार बेलुका ५:१५ बजे सुरु हुने छ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । ८ खेलमा ५ जित हात परेको पेशावर १० अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ । 

७ खेलमा ३ जित हात पारेको लाहोर ६ अंक सहित पाँचौ स्थानमा छ । प्ले अफमा स्थान बनाउन लाहोरलाई पेशावरविरुद्ध जित अत्यावश्यक रहेको छ ।

पिएसएलमा उत्कृष्ट बलिङ गरेका कारण सन्दीपल यस खेलको प्लेइङ ११ मा पर्ने सम्भावना बढी छ । सुरुवाती ३ खेल गुमाएका सन्दीपले पछिल्लो ४ खेलमा उत्कृष्ट प्रदर्शन प्रदर्शन गर्दै १० विकेट हात लिइका छन् । सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीको चौथो स्थानमा छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।